SEE

एसईईको नतिजा आज सार्वजनिक हुँदैन: राष्ट्रिय परीक्षा बोर्ड

5 months  ago 1  Comment

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनको अन्तिम तयारीमा रहेको राष्ट्रिय परीक्षा बोर्डले बुधबार नतिजा सार्वजनिक गर्ने सम्भावना नरहेको स्पष्ट पारेको छ । बोर्ड अध्यक्ष चन्द्रमणि पौडेले आज (बुधबार) नतिजा सार्वजनिक नहुने पुष्टि गरे । ‘आज रिजल्ट हुँदै हुँदैन, नतिजा प्रकाशनको तयारी चलिरहेको छ,’ उनले कान्तिपुरसँग भने, ‘अन्तिम रुजु र क्रस चेकिङको काम भइरहेको छ, सकिनासाथ नतिजा सार्वजनिक हुन्छ ।’

परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले पनि आज नतिजा सार्वजनिक गर्ने कुनै तयारी रहेको जनाए। नतिजा सार्वजनिक गर्नुअघि बोर्डको बैठक बस्नु पर्छ। बुधबार मध्यान्हसम्म बोर्ड बैठक डाकिएका छैन। बोर्डका एक सदस्यले भने, ‘यतिखेर त बैठक बोलाइ सक्नुपर्ने हो। बोलाइएको छैन। रिजल्ट हुने सम्भावना देख्दिनँ।’

यतिबेला पनिकाका कर्मचारीहरुले नतिजा सार्वजनिकका लागि अन्तिम रुजु र क्रस चेकिङको काम गरिरहेका छन्।

कुनै प्राविधिक समस्या उत्पन्न नभए बिहीबार रिजल्ट सार्वजनिक हुने सम्भावना बढी रहेको अधिकारीले जनाए। ‘कम्प्युटरमा प्रविधिकहरु डाटा इन्ट्रीसँगै रुजु गरिरहेका छन,’ उनले भने, ‘कुनै वाधाअवरोध नभए ४८ घण्टा भित्रसम्म नतिजा आउँछ।’

मंगलबार अपराह्न र बुधबार बिहानैदेखि नतिजा प्रकाशन हुने खबर कान्तिपुर लगायत विभिन्न नाम चलेका अनलाइन तथा सोसल मिडियामा छ्याप्छ्याप्ती भएको थियो। नेपालकै विश्वासनीय अनलाइन दावी गर्ने राष्ट्रिय दैनिकले यसरी गलत समाचार प्रकाशन गर्दा लाखौ बिद्यार्थी तथा अभिभावकलाई असर परेको छ ।
Do you like this article?