
सेमेष्टर प्रणाली अनुसार पठन पाठन हुने चार बर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (B.Sc.CSIT) बिषयमा २०७६ सालको नयाँ विद्यार्थी भर्ना खुलेको छ ।
त्रिभुवन विश्वबिद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका आंगिक क्याम्पस तथा सम्बन्धन प्राप्त कलेजहरुमा यहि श्रावण १६ गते देखि भर्ना खुलेको हुँदा इच्छुक एवं योग्य विद्यार्थीहरुले आगामी भाद्र ९ गते सम्म फारम बुझाउन सक्ने त्रिविले एक सूचना जारी गर्दै जानकारी दिएको हो ।
थप जानकारीका लागि तलको सूचना पढ्नुहोस् :-