एसईईमा २ भन्दा कम जीपीए ल्याउनेले लोकसेवाको परीक्षा दिन नपाउने

1 year  ago No Comment

माध्यमिक शिक्षा परीक्षा (एसईई)मा जीपीए–२ भन्दा कम प्राप्ताङ्क रहेका विद्यार्थीले राजपत्रअनङ्कित द्वितिय श्रेणी (खरिदार)पदमा आवेदन दिन नपाउने भएका छन् । एसईईमा कुन जीपीएसम्मकाले खरिदार पदमा आवेदन दिन पाउने बहस चलिरहेकै बेला लोक सेवा आयोगले यस्तो निर्णय गरेको हो । नेपाल सरकारअन्तर्गतका संगठित संस्थाहरुको पदपूर्ति विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीले यस्तो जानकारी दिएका हुन् ।

खरिदार वा सो सरहको पदमा आवेदन दिदा एसईईमा जीपीए दुईभन्दा कम भएका व्यक्तिले आवेदन दिन नपाउने निर्णय आयोगले गरेको उनले बताए । यसअघि प्रवेशिका परीक्षा (एसएलसी) उत्तीर्ण विद्यार्थीले आवेदन दिन पाउने व्यवस्था थियो । एसएलसी हटेर एसईई कायम हुनुको साथै नतिजा ग्रेड प्रणालीमा गएपछि आयोगले यस्तो निर्णय गरेको हो ।

Do you like this article?