
संघीय निजामती सेवा ऐन २०७५ का मस्यौदामा खरिदार, उपसचिव तथा सहसचिव पदमा खुला भर्ना लिने व्यवस्था हटाए पनि लोकसेवा आयोगले नियमित प्रक्रियाअन्तर्गत असोजको अन्तिम साता खरिदारदेखि उपसचिवसम्म खुला प्रतिस्पर्धाका लागि विज्ञापन निकाल्ने तयारी गरेको छ ।
संघीय निजामती सेवा ऐन २०७५ लागू नभएको कारण देखाउँदै आयोगले विद्यामान व्यवस्थाअनुसार सबै पदमा खुला प्रतिस्पर्धाका लागि विज्ञापन निकाल्ने तयारी गरेको हो । निजामती सेवा ऐन २०४९ अनुसार विज्ञापन निकाल्ने तयारी गरिएको आयोगले जनाएको छ ।