लोक सेवा तयारी : सामान्य ज्ञान प्रश्न र समाधान

7 months  ago Naya Patrika No Comment

१. दोलखाको बिगु गाउँपालिकाले युवाहरूलाई गाउँ फर्काउन सञ्चालन गरेको अभियानलाई कुन अभियान भनिन्छ ?
(क) गाउँ फर्काऔँ अभियान
(ख) आफ्नो गाउँ आफैँ बनाऔँ अभियान
(ग) युवा फर्काऊ अभियान
(घ) बुहारी घर फर्क अभियान

२. ‘विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदन २०१८’अनुसार नेपाल कतिऔँ स्थानमा रहेको छ ?
(क) ८८औँ स्थानमा
(ख) ९९औँ स्थानमा
(ग) १०२औँ स्थानमा
(घ) १०५औँ स्थानमा

३. ‘Golden Revolution’ केसँग सम्बन्धित क्रान्ति हो ?
(क) माछा उत्पादन
(ख) फलफूल उत्पादन
(ग) दूध उत्पादन
(घ) आलु उत्पादन

४. विश्वमा सर्वप्रथम लैंगिक उत्तरदायी बजेटको व्यवस्था कुन देशबाट सुरुवात भयो ?
(क) बेलायत
(ख) रुस
(ग) अस्ट्रेलिया
(घ) अमेरिका

५. नेपाल भ्रमण वर्ष २०२० को लोगो निर्माता को हुन् ?
(क) शैलेन्द्र महर्जन
(ख) सागर मानन्धर
(ग) विजय फर्कासे
(घ) उद्धव रिमाल

६. कुण्डलिनी सिद्ध (पाँचतले) गुफा नेपालको कुन जिल्लामा पर्छ ?
(क) दोलखा
(ख) दार्चुला
(ग) सुर्खेत
(घ) जाजरकोट

७. दिइएकामध्ये सूर्यको सतहमा पाइने ग्यास कुन–कुन हुन् ?
(क) नाइट्रोजन, अक्सिजन
(ख) हाइड्रोजन, हिलियम
(ग) हिलियम, नाइट्रोजन
(घ) हाइड्रोजन, अक्सिजन

८. नेपालमा हरेक वर्ष आलु दिवस कुन ठाउँमा मनाइन्छ ?
(क) कास्की
(ख) चितवन
(ग) खोटाङ
(घ) काभ्रेपलाञ्चोक

९.‘World Economic Forum 2018’ अनुसार विश्वका पाँच ठूला अर्थतन्त्र भएका देशहरू क्रमशः कुन–कुन हुन् ?
(क) चीन, अमेरिका, बेलायत, जर्मनी, जापान
(ख) अमेरिका, चीन, जापान, जर्मनी, बेलायत
(ग) अमेरिका, जापान, चीन, बेलायत, जर्मनी
(घ) चीन, अमेरिका, जर्मनी, बेलायत, जापान

१०. संयुक्त राष्ट्र संघको बडापत्र हालसम्म कतिपटक संशोधन भयो ?
(क) २ पटक
(ख) ३ पटक
(ग) ५ पटक
(घ) ७ पटक

११. बेलोन डी ओर अवार्ड २०१८ को उपाधि कुन खेलाडीले प्राप्त गरे ?
(क) लुका मोड्रिक
(ख) क्रिस्टियानो रोनाल्डो
(ग) लियोनेल मेसी
(घ) किलियन एम्बाप्पे

१२. १८औँ एसियाली खेलकुद (एसियाड) कुन देशमा सम्पन्न भयो ?
(क) पाकिस्तान
(ख) अफगानिस्तान
(ग) इन्डोनेसिया
(घ) दक्षिण कोरिया

१३. आ.व. २०७५/७६ को मौद्रिक नीति कहिले सार्वजनिक भयो ?
(क) २०७५ असार २७
(ख) २०७५ असार ३१
(ग) २०७५ साउन २५
(घ) २०७५ साउन २७

१४. आइएसओ गुणस्तर प्रमाणपत्र प्राप्त गर्ने नेपालको पहिलो सरकारी निकाय कुन हो ?
(क) वैदेशिक रोजगार विभाग
(ख) राहदानी विभाग
(ग) श्रम विभाग
(घ) अध्यागमन विभाग

१५. ‘मानव बेचबिखन तथा ओसारसारविरुद्धको राष्ट्रिय दिवस× कहिले मनाइन्छ ?
(क) भदौ १० गते
(ख) भदौ १५ गते
(ग) भदौ २० गते
(घ) भदौ २५ गते

१६. तेक्वान्दो खेल खेल्दा लगाउने लुगालाई
के भनिन्छ ?
(क) पोल्दोक
(ख) डोबोक
(ग) फाबिक
(घ) रोबिक

१७. नेपालमा ‘एक गाउँ एक पोखरी अभियान’ सञ्चालन गर्ने प्रदेश कुन हो ?
(क) प्रदेश २
(ख) प्रदेश ३
(ग) प्रदेश ५
(घ) प्रदेश ६

१८. नेपाल वायुसेवा निगमको पहिलो वाइडबडी जहाजको नाम के हो ?
(क) अन्नपूर्ण
(ख) मकालु
(ग) बुद्ध
(घ) हिमालय

१९. पर्यटकीय गन्तव्यस्थल ‘लभ्ली हिल’ कुन जिल्लामा पर्छ ?
(क) गुल्मी
(ख) कास्की
(ग) म्याग्दी
(घ) स्याङ्जा

२०. नेपालको कुन गाउँलाई किवी गाउँको रूपमा घोषणा गरिएको छ ?
(क) लिम्चुङबुङ गाउँपालिका
(ख) नेचा सल्यान गाउँपालिका
(ग) थुलुङ दूधकोशी गाउँपालिका
(घ) सुनकोशी गाउँपालिका

सुमन खड्काको यो प्रस्तुती नयाँ पत्रिकाबाट साभार गरीएको हो ।

Do you like this article?