नेपालको बजेट प्रणाली : बहुजानकारी (लोक सेवा टिप्स)

5 months  ago Rajdhani Daily No Comment

नेपालको बजेट प्रणाली : बहुजानकारी
नेपालमा बजेट अभ्यासः (बजेट तर्जुमा, कार्यान्वयन र नियन्त्रण)
बजेटको अर्थ र परिभाषा :

बजेट सरकारको वित्तीय गुरु योजना हो जसमा अनुमानित आय, प्रस्तावित खर्चका आधारमा गरिनुपर्ने कार्यहरू र त्यसका लागि आवश्यक साधनस्रोतको व्यवस्था गरिएको हुन्छ (फिलिप टेलर) ।

Management of Money (Classical view)
• Budgets are beyond the dollars, they are choices, policies and philosophy of the govt. -Nicholas Henry
• Budget is a financial mirror of society’s economic and social choices. ADB
• Series of goal with price tag attached –Wildavsky

बजेट तर्जुमाका महत्वपूर्ण तीन आयाम
– समष्टिगत दृष्टिकोण : सबल मौद्रिक तथा वित्त नीति
– रणनीतिक दृष्टिकोण : स्रोतसाधनको प्राथमिकतापूर्ण विनियोजन
– कार्य सञ्चालन दक्षता : कार्यान्वयन योग्यता

बजेट : विभिन्न बुझाइ र आयाममा
सर्वसाधारण : योजना/कार्यक्रम (सार्वजनिक सेवा)
विधायक : सार्वजनिक साधनमाथि नियन्त्रण
अर्थ मन्त्रालय : अन्य निकायमाथि नियन्त्रणको शक्तिशाली हतियार
विषय मन्त्रालय : खर्च गर्ने अख्तियारी
योजना निकाय : रणनीतिक प्राथमिकतामा साधन विनियोजन
कर्मचारी : Record of past performance, method of current control & projection of future plan
अर्थशास्त्री : आर्थिक विश्लेषणको आधार
विकास साझेदार : सरकारको नीति सामथ्र्य र खर्च गुणस्तर
नगरिक समाज : वित्तीय जवाफदेहिताको आधार

बजेटका सैद्धान्तिक वर्गीकरण
साधारण र विकास । चालू र पुँजीगत बजेट (स्वभावका आधारमा)
सन्तुलित र असन्तुलित (खर्चको स्रोतको आधारमा)
आर्थिक र कार्यमूलक (उद्देश्यगत र कार्यगत आधारमा)
संसदीय र कार्यकारी (बजेट स्वीकृति प्रक्रियाका आधारमा)
खर्च व्यवस्थापनका आधारमा (कार्यक्रम बजेट, शून्यमा आधारित बजेट र लायन आइटम बजेट)
अवधारणागत आधारमा (-Policy Implication हेर्नका लागि)

Gender Responsive Budget, Pro-poor Budget, Output Budget, Flexible Budget, Climate Resilient Budget, Agency Budget etc.

बजेटको कार्य
साधनको विनियोजन (Allocation )
आय वितरण ( Income transfer/distributive justice)
आर्थिक वृद्धि (Economic Growth )
आर्थिक स्थिरीकरण (Economic Stabilization)
सरकारमाथि संसदीय नियन्त्रण ( Parliamentary Control and accountability)

सबल बजेटका गुण वा सिद्धान्तहरू:
विस्तृतताको सिद्धान्त( -Principle of Comprehensiveness )
वैधानिकताको सिद्धान्त ( Principle of Legitimacy)
लचकताको सिद्धान्त ( Principle of Flexibility)
अनुमानयोग्यताको सिद्धान्त ( Principle of Predictability)
सान्दर्भिकताको सिद्धान्त ( Principle of Contestability )
इमानदारिताको सिद्धान्त ( Principle of Honesty )
कार्यान्वयन योग्यताको सिद्धान्त ( Principle of Implementability )
सूचनामूलक सिद्धान्त ( Principle of Information )
नियन्त्रण र सन्तुलनको सिद्धान्त ( Principle of Check & Balance )
जवाफदेहिता र पारदर्शिताको सिद्धान्त ( Accountability & Transparency )
सन्तुलनको सिद्धान्त ( Principle of Balance )

बजेट तर्जुमा गर्दा ध्यान दिइने कुराहरू:
संविधान (राज्यका दायित्व, निर्देशक सिद्धान्त र नीति)
दिगो विकास लक्ष्यलगायत अन्तर्राष्ट्रिय मञ्चमा गरिएका प्रतिबद्धता (क्म्न्कSDGs, SE4ALL, CEDAW, COP21,
Education etc)

                                                                                                           फाइल तस्बिर

आवधिक योजनाको उद्देश्य, प्राथमिकता र रणनीति
क्षेत्रगत नीति तथा कार्यक्रम ।
रणनीतिक महŒव (आर्थिक, सामाजिक एकीकरण गर्ने कार्यक्रम आदि)
सरकारका नीति र कार्यक्रमअनुसारका कामहरू
छिटो प्रतिफल दिन सक्ने र राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता
कार्यान्वयन योग्यता (संस्थागत र प्राविधिक क्षमता, राजनीतिक–सामाजिक सहयोग)
सरकारले गरेका प्रतिबद्धता ।
निर्धारित ढाँचाको अवलम्बन : हुनुपर्ने कुराहरू
सालवासली गर्नुपर्ने कामहरू
आवधिक योजनाले लक्ष्य गरेका कामहरू
चालू आयोजनका कामहरू
वैदेशिक सहायता सम्झौतामा उल्लेख भएअनुसार गर्नुपर्ने कामहरू
त्रिवर्र्षीय बजेट सीमा
आयोजनाको विवरण
प्रस्तावित विनियोजन, क्रियाकलाप, कुल लागत, (चालू र पुँजीगत खर्च) लाग्ने समयावधि, खर्चको स्रोत, प्राथमिकता क्रम, रणनीतिक संकेत, गरिब उन्मुख संकेत, लैंगिक संकेत, जलवायु परिवर्तन संकेत, दिगो विकास संकेत)
नतिजा सूचक : प्रतिफल सूचक, योजनाको लक्ष्य, हालसम्मको स्थिति, प्रस्तावित आ वको लक्ष्य र सञ्चालन गरिने प्रमुख क्रियाकलाप

बजेट तर्जुमाका कानुनी आधार:
कानुनबमोजिमबाहेक कर लगाउन र ऋण लिन नपाउने (११५)
संघीय सञ्चित कोषको व्यवस्था (धारा ११६)
संघीय सञ्चित कोषबाट व्यय हुने व्यवस्था (धारा ११७)
संघीय सञ्चित कोषमाथि व्ययभार : (धारा ११८)
राजस्व र व्ययको अनुमान (धारा ११९)
विनियोजन ऐनको व्यवस्था (धारा १२०)
आर्थिक कार्यविधिसम्बन्धी व्यवस्था (धारा १२५)
आर्थिक कार्यविधि ऐन, २०५५

बजेटसाथ प्रस्तुत गरिने विधेयकहरू:
सामान्य अवस्थामाः
– विनियोजन विधेयक
– आर्थिक विधेयक
– राष्ट्र ऋण उठाउने विधेयक
– ऋण तथा जमानत विधेयक
विशेष अवस्थामा (समयमा विनियोजन विधेयक पारित नभएमा)
– पेस्की विधेयक

बजेटको वर्गीकरणः
नेपाल सरकारले IMF कोGFS अनुुरूप बजेटको वर्गीकरण गरी लागू गरेको छ :
राजस्व तथा अनुदान
खर्च
– चालू खर्च
–पुँजीगत खर्च
वित्तीय व्यवस्था

बजेट तर्जुमा प्रक्रिया :
बजेटको आकार निर्धारण (Budget size determination)
– आयको सीमा अनुमान ( Income size (Internal Rev+Foreign Grant/Loan + Internal Loan)

– व्ययको अनुमान निर्धारण -Expenditure size
( Committed cost + Loan repayment + overhead cost + Capital Investment)

बजेट समिति (स्रोत समिति):
अन्तर्राष्ट्रिय आर्थिक स्थितिको आँकलन
मुलुकको समष्टिगत आर्थिक विश्लेषण
वैदेशिक स्रोत परिचालनको स्थिति विश्लेषण
आन्तरिक साधनको परिचालन स्थिति विश्लेषण
आर्थिक अवस्था (उत्पादन, रोजगारी, लगानी, मूल्यको विश्लेषण)
खर्चको प्रवृत्ति विश्लेषण
आय व्ययको आकार निर्धारण
बजेटको सिलिङ निर्धारण
बजेट तर्जुमाको मार्गदर्शन निर्धारण

संघीय वार्षिक विकास कार्यक्रम तर्जुमा ढाँचा : थप्नुपर्ने
बजेट कोडिङ : (Budget Coding and Ranking)
रणनीतिक संकेत ( Strategic Code)
गरिबी संकेत (Pro-poor code)
लैंगिक संकेत (Gender code)
जलवायु परिवर्तन संकेत (Climate expenditure code)

आयोजनाको प्राथमिकीकरण (Project/programme ranking) (p1, p2, p3)

दिगो विकास लक्ष्यको वर्गीकरण ( SDG Coding)

बजेट तर्जुमा प्रक्रियालाई सहयोग गर्ने संयन्त्रहरू:
बजेट समिति–स्रोत समिति ( Budget Committee/ Resource Committee )
मध्यकालीन खर्च कार्यदलहरू ( MTEF Task Forces)

बजेट नियन्त्रण:
बजेट नियन्त्रणका पद्धति / संयन्त्रहरू

क) बजेटमाथि कार्यकारी नियन्त्रण: (Tools/Techniques )
१) अर्थ मन्त्रालयबाट नियन्त्रण:
– प्राविधिक तरिकाबाट ( Technical approach )
– नीतिगत उपाय ( Policy Approach)
– प्रक्रियागत संयन्त्र ( Procedural approach)
– बजेट तर्जुुमा पछिको नियन्त्रण ( Post Budgetary Control )

२) लेखा प्रणालीमार्फत नियन्त्रण
– अभिलेखन, प्रतिवेदन
– आन्तरिक नियन्त्रण र सन्तुलन
– बजेट फ्रिज
आन्तरिक नियन्त्रण : (Tools/Techniques)

योजनाका मापदण्डहरू ( Program guidelines/criteria)
कार्यसम्पादन सूचक ( Performance indicators )
प्रगति प्रतिवेदन र कार्यक्रम समीक्षा ( DDAC, MDAC, NDAC etc.)
आर्थिक तथा भौतिक प्रतिवेदन/systemic Report
अवलोकन, सुपरिवेक्षण र निरीक्षण
कार्यदल र विशेष छानबिन/जाँच पड्ताल र निर्देशन
लेखा ढाँचाको अवलम्बन
व्यवस्थापन सूचना प्रणाली
व्यवस्थापन परीक्षण आन्तरिक लेखा परीक्षण
अनुगमन तथा मूल्यांकन

बजेटमाथि संसदीय नियन्त्रण
– बजेटमाथि छलफल (संक्षिप्त र दफावार)
– Voting
– विनियोजन र आर्थिक विधेयकमाथि स्वीकृति
– संसदीय दृष्टिगोचर

ग) स्वतन्त्र निकायद्वारा नियन्त्रण ( Auditing)
– खर्च तथा आयको कानुनी आधाकारको पर्याप्तता
– संसदीय अनुमोदन अवलम्बनको अवस्था
– अख्तियारवालाले खर्चको स्वीकृति गरेको अवस्था
– आर्थिक नियम पालनको स्थिति
– मितव्ययीता, कार्यदक्षता, प्रभावकारिता, औचित्य र विवेक प्रयोग गरेको स्थिति

घ) कार्यविधिगत नियन्त्रण
– आर्थिक कार्यविधि ऐन र अन्य कानुनका
कार्यप्रक्रिया
– क्षेत्रगत कार्यविधि र स्थापित मान्यताहरूको अवलम्बन

यो सामाग्री राजधानी दैनिक बाट साभार गरीएको हो ।

नियमित रुपमा ताजा शैक्षिक समाचार प्राप्त गर्न हाम्रो “मोबाइल एप” डाउनलोड गर्नुहोस् ।

Do you like this article?

Leave a Reply

avatar