लोक सेवा प्रश्नोत्तर (सामान्य ज्ञान)

5 months  ago Gorkhapatra No Comment

वायुमण्डलमा सबभन्दा धेरै मात्रामा पाइने ग्यास कुन हो ?
नाइट्रोजन

सूर्यको किरण समुन्द्रको कति गहिराईसम्म पुग्छ ?
करिब ६०० मिटर

विश्वको सबभन्दा ठूलो सागर कुन हो ?
दक्षिण चाइना सागर

सबभन्दा ठूलो र गहिरो महासागर कुन हो ?
प्रशान्त महासागर

अफगानिस्तानको पुरानो नाम के हो ?
गान्धारा

फिलिपिन्सको पुरानो नाम के हो ?
श्री विजय

क्यानाडाको राष्ट्रिय जनावर के हो ?
घोडा

माल्दिभ्सको संसदलाई मजलिस भनिन्छ भने इजिप्टको संसदलाई के भनिन्छ ?
मजलिस

युरोपको कारखानको नामले कुन देश परिचित छ ?
बेल्जियम

बृहस्पतिपछि ठूलो ग्रह कुन हो ?
शनि

सूर्यबाट तेस्रो नजिक रहेको ग्रह कुन हो ?
पृथ्वी

भारतले अन्तरिक्षमा छोडेको पहिलो रकेट कुन हो ?
रोहिणी७५

रुसको लुना २ नामक यान चन्द्रामा कहिले अवतरण ग-यो ?
सन् १९५९ सेप्टेम्बर १२

नेपालमा कृषिका लागि सबभन्दा उपयुक्त मानिने माटो कुन हो ?
तलैया

नेपालमा बृक्षारोपणको प्रारम्भ कहिलेबाट भएको हो ?
विस २००२

चीनसँग मात्र सिमाना जोडिएका जिल्ला कति छन् ?
१३ वटा

तोरीका लागि चितवन प्रसिद्ध छ भने भोजपुर केका लागि प्रसिद्ध छ ?
खुकुरी

अदुवा खेतीका लागि प्रसिद्ध जिल्ला कुन हो ?
सल्यान

भिमसेन थापाको समयमा नेपाललाई कति जिल्लामा विभाजन गरिएको थियो ?
३९

नेपालमा सबभन्दा कम पानी पर्ने जिल्ला कुन हो ?
मुस्ताङ

नेपालमा मनसुनी वर्षा कति अवधिसम्म हुन्छ ?
चार महिना

विश्वमा हाल कतिवटा भूपरिवेष्टित राष्ट्र रहेका छन् ?
४४ वटा

फ्रान्सको राज्यक्रान्ति कहिले भएको थियो ?
सन् १७८९

लिग अफ नेशनको स्थापना कहिले भएको थियो ?
सन् १९२० जनवरी १०

गाईजात्राको चलन जयप्रकाश मल्लको पालामा भएको हो भने बिस्केट जात्रा कुन राजाको पालामा भएको हो ?
जगज्योति मल्ल

पात्रो प्रकाशन कुन राणा प्रधानमन्त्रीको पालमा भएको हो ?
रणोद्विप सिंह

अक्षय तृतीया कहिले पर्छ ?
वैशाख शुक्ल तृतीयामा

नेवारी भाषा कुन लिपिमा लेखिन्छ ?
रञ्जना

नेपाललाई त्रेतायुगमा के भनिन्थ्यो ?
तपोवन

  • गोरखापत्रबाट
Do you like this article?

Leave a Reply

avatar