निजामती कर्मचारी समायाेजनले लोकसेवाको काम प्रभावित हुने

9 months  ago Naya Patrika No Comment

सरकारले निजामती कर्मचारीको समायोजन नमिलाएसम्म लोकसेवा आयोगको काम प्रभावित हुन सक्ने देखिएको छ । लोकसेवा आयोगले समायोजनमा जान नपर्ने कर्मचारीको पदपूर्तिको कामलाई निरन्तरता दिइरहेको आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले बताए । उनले भने, “समायोजनमा लैजानु पर्ने कर्मचारीको पदपूर्ति कहिले हुने भन्ने सरकारले निर्णय गरेको छैन ।”

आयोगको वार्षिक पात्रोअनुसार पुस महिनामा अन्तिम बुधबार नायब सुब्बाको पदपूर्तिका लागि विज्ञापन निकाल्ने तयारी भइसकेको उनले जानकारी दिए । समायोजन प्रक्रियामा सरकारले ढिलासुस्ती गरेपछि समायोजनमा जान नपर्ने अधिकृत तहका कर्मचारीको पदपूर्ति असोजमा हुनु पर्ने भए पनि मंसिरमा मात्र लिइएको थियो ।

आयोगको वार्षिक पात्रोअनुसार नासु तहका अप्राविधिक धारका कर्मचारीको पदपूर्ति पुसमा हुने उल्लेख छ भने मागमा प्राविधिक धारका कर्मचारीको पदपूर्ति हुने जनाइएकाे छ ।

Do you like this article?