रेडियो नेपालको लिखित परीक्षाको नतिजा प्रकाशित

5 months  ago No Comment

रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) को पदपूर्ति समितिले लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ । रेडियो नेपालको लिखित आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाको नतिजा सार्वजनिक गरीएको हो ।

पदपूर्ति समितिले गत बैशाख २८ गते प्रकाशित गरेको विज्ञापनअन्तर्गत लोक सेवा आयोगले लिएको आन्तरिक प्रतियोगितात्मक परीक्षा तथा खुला प्रतियोगितात्मक परीक्षाको नतिजा प्रकाशित भएको हो ।

लिखित परीक्षामा सफल भएका उम्मेदवारहरुको लागि अन्तर्वार्ताको मिति पनि तय गरीएको छ । नतिजा सहित यसको पूर्ण विवरण हेर्न रेडियो नेपालको सूचना पाटी तथा वेबसाइट www.radionepal.gov.np मा हेर्न सकिने बताइएको छ ।

 

Do you like this article?

Leave a Reply

avatar