नेपाल आयल निगमको प्रयोगात्मक परीक्षाको नतिजा सार्वजनिक

5 months  ago No Comment

नेपाल आयल निगम लिमिटेडले प्रयोगात्मक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयल निगममा रिक्त रहेका पदहरु खुला प्रतियोगितात्मक परीक्षाद्धारा लोक सेवा आयोगले लिएको खुला प्रतियोगितात्मक लिखित परीक्षामा सफल भएर प्रयोगात्मक परीक्षामा सहभागी भएका उम्मेदवारहरुबाट अन्तर्वार्ताको लागि छनोट गरीएको हो ।

फरक-फरक सेवा, समूह तथा पदहरुको लागि छुट्टा-छुट्टै समय तालिका पनि सार्वजनिक गरीएको छ । अन्तर्वार्ताको लागि छनोटमा परेका उम्मेदवारहरुले अन्तर्वार्तामा सामेल हुुन आउँदा नेपाली नागरिकता, शैक्षिक योग्यता, अनुभव, समकक्षता, समावेशी समूहको पहिचान खुल्ने प्रमाणपत्र लगाएतका सम्पूर्ण प्रमाणपत्रको सक्कल प्रतिसहित प्रवेशपत्र ल्याएर तोकिएको समयभन्दा ३० मिनेट अगाडि नै अन्तर्वार्ताको लागि तोकिएको ठाउँमा पुग्नुपर्ने बताइएको छ ।

नेपाल आयल निगम लिमिटेड, पदपूर्ति समितिले प्रकाशित गरेको प्रायोगात्मक परीक्षाको नतिजा तथा अन्तर्वार्ताको समय तालिका नेपाल आयल निगमले प्रकाशित गरेको तलको सूचनामा हेर्न सकिने छ ।

 

सम्बन्धीत सामाग्री :

आयल निगमको नतिजा प्रकाशित, नियुक्तिको लागि सम्पर्क गर्न आग्रह

Do you like this article?

Leave a Reply

avatar