लोक सेवाले माग्यो सयौँ नायब सुब्बा (सूचना सहित)

10 months  ago 3  Comments

लोक सेवा आयोगले विज्ञापन प्रकाशित गर्दै देशका विभिन्न कार्यालयमा नायब सुब्बा वा सो सरहका पदहरुका लागि आवेदन दिने सूचना प्रकाशित गरेको छ ।

आयोगद्वारा प्रकाशित गरेको सूचनामा धनकुटा कार्यालय, जलेश्वर कार्यालय, काठमाडौं कार्यालय, पोखरा कार्यालय, बुटवल कार्यालय, सुर्खेत कार्यालय र दिपायल कार्यालयमा नायब सुब्बा पदमा रोजगारीको अवसर खुलाएको हो ।

लोक सेवा आयोगले तोकेको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरुले आयोगको अनलाइन प्रणाली फार्फत आवेदन दिन सक्ने बताइएको छ ।

लोक सेवा आयोगका अनुसार माघ १५ गतेसम्म दरखास्त फारम भर्न सकिने भएको छ । दोब्बर दस्तुर सहित भने माघ २२ गते सम्म पनि दरखास्त फारम भर्न सकिने बताइएको छ ।

यस सम्बन्धी थप विवरण लोक सेवा आयोगले प्रकाशित गरेको तलको विज्ञापन सम्बन्धीको सूचनामा हेर्न सकिने छ ।

नियमित रुपमा ताजा शैक्षिक समाचार प्राप्त गर्न हाम्रो “मोबाइल एप” डाउनलोड गर्नुहोस् ।

Do you like this article?