लोक सेवाले परीक्षा केन्द्र तोक्यो

8 months  ago 1  Comment

लोक सेवा आयोगले विभिन्न विज्ञापन, सेवा, समूह तथा पदको लागि लिन आगेको लिखित परीक्षाको परीक्षा केन्द्र तोकेको छ । आयोगले काठमाडौंको अनामनगरमा रहेको मदन भण्डारी मेमोरियल कलेजमा केन्द्र तोकेको हो ।

परीक्षा माघ महिनाको ११ गते, १२ गते, १४ गते, १५ गते सञ्चालन हुने छ । त्यस्तै, माघको २७ गते, फागुनको ४ गते र १० गते सञ्चालन हुने लोक सेवा आयोगले जनाएको छ ।

परीक्षा दिउँसो २ बजे बाट सञ्चालन गरीने लोक सेवा आयोगले जनाएको छ । यस सम्बन्धी पूर्ण विवरण लोकसेवा आयोगले सार्वजनिक गरेको तलको सूचनामा पुरा विवरण हेर्न सकिने छ ।

Do you like this article?