नेपाल आयल निगमको नतिजा सार्वजनिक

8 months  ago No Comment

नेपाल आयल निगम लिमिटेडको पदपूर्ति समितिले गरेको विज्ञापनको लागि सफल भएका उम्मेदवारहरुको नतिजा प्रकाशित गर्दै नियुक्तिको लागि सम्पर्क राख्न आग्रह गरीएको छ ।

खुला प्रतियोगितात्मक परीक्षाद्धारा पूर्ति गर्नका लागि निगमले गरेको विज्ञापन अनुसार विभिन्न पदहरुको लागि लोक सेवा आयोगले लिएको लिखित परीक्षा तथा निगमले लिएको प्रयोगात्मक एवम अन्तर्वार्तामा सफल भएका उम्मेदवारहरुलाई नियुक्तिको लागि आग्रह गरीएको हो ।

सफल भएका उम्मेदवारहरुले निरोगिताको प्रमाणपत्रसहित निगमको योजना, प्रशासन तथा मानव संशाधन विकास विभाग, केन्द्रीय कार्यालय बबरमहल काठमाडौंमा नियुक्तिको लागि सम्पक राख्न अनुरोध गरीएको छ ।

नतिजा सहित अन्य जानकारीको लागि निगमले प्रकाशित गरेको तलको सूचना हेर्न सकिने छ ।

Do you like this article?