
संसदको राज्य व्यवस्था तथा सुशासन समितिले लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी भर्नाका लागि खुलाएको विज्ञापन रद्द गर्न भने पनि आयोगले आवेदन लिनेक्रम भने जारी राखेको छ ।
लोकसेवा आयोगका प्रवक्ता किरणराज शर्माले बिहीबारसम्म एक लाख चार हजार २१८ जनाले आवेदन दिइसकेको जानकारी दिए ।आवेदनवापत एक करोड ८० लाख ६६ हजार ४०० रुपैयाँ राजश्व उठेको पनि शर्माले जानकारी दिए ।
प्रवक्ता शर्माले विज्ञापन विवाद सर्वोच्च अदालत पुगिसकेकाले आयोगलाई सर्वोच्चको फैसला स्वीकार्य हुने बताए । सर्वोच्च अदालतले कर्मचारी भर्नाको विज्ञापन विवादबारे छलफल गर्न असार ३ गते दुवै पक्षलाई डाकेको छ ।