free hit
counter

खुला विश्वविद्यालयमा पढ्ने कि ?

5 months  ago 9  Comments

नेपालमा पहिलो पटक खुलेको खुला विश्वविद्यालयमा विद्यार्थीको आकर्षण ह्वात्तै बढेको छ ।

पैसा र समय भएर पनि नियमित रूपमा कलेज वा विश्वविद्यालयको कक्षामा जान नसक्ने र वर्षाैँदेखि पढाइ छुटेका बिद्यार्थीहरुलाई लक्षित गरि यसै बर्ष देखि सुरु गरिएको खुला विश्वबिद्यालयमा बिद्यार्थीहरु जुनसुकै स्थानबाट पढ्न सक्नेछन् । नयाँ विषय र घरमै बसेर पढ्न सकिने भएकाले पनि यस विश्वविद्यालयमा बिद्यार्थीको आकर्षण बढेको विश्वविद्यालका उपकुलति डा लेखनाथ शर्माले जानकारी दिए ।

विधिमा आधारित खुला एवं दूरशिक्षाको माध्यमबाट सो अध्यायन सिकाइ पद्धतिद्वारा जीवनपर्यन्त शिक्षा प्राप्तिको अवसर र पहुँच सबैमा पुर्याउने उद्देश्यले स्थापना गरिएको उक्त विश्वविद्यालयले आफ्नो कार्यक्रमको सञ्चालन नेपालभित्र र बाहिर पनि गर्नसक्ने छ । सामाजिकशास्त्र, शिक्षा, व्यवस्थापन, कानून, विज्ञान, स्वास्थ्य र प्रविधि सङ्कायमा पढाइ हुने विश्वविद्यालयमा अहिले पाँच विषयमा पठनपाठन शुरु गरिएको छ ।

विश्वविद्यालयले डेढ बर्षे पाठ्यक्रमअन्तर्गत सामाजिक विज्ञान र सूचना प्रविधिमा एमफिल, एकवर्षीय पाठ्यक्रम अन्तर्गत दूर तथा ‘इ–लर्निङ’मा पोष्ट ग्य्राजुयट तथा पुस्तकालय र सूचनामा डिप्लोमा एवं दुईवर्षीय स्नातकोत्तर तहको इ–गभर्नेन्स विषयमा पढाइ सञ्चालन गरेको छ ।

यहि आइतबारदेखि शुरु गरिएको पढाइमा ४०६ विद्यार्थी भर्ना भएका छन् । प्रवेश परीक्षाका लागि आठ सय विद्यार्थीले फाराम भरेका थिए । इन्टरनेटका माध्यमबाट अध्ययन गराइने यस विश्वविद्यालयमा डिप्लोमा देखि पोष्ट ग्य्राजुएट, स्नातकोत्तर, एमफिल हुदै विद्यावारिधि सम्मको अध्ययन-अध्यापन हुनेछ ।

शिक्षकले अनलाइन भिडियोबाट बिहान र साँझ कक्षा लिनेछन् । ‘भिडियोमार्फत शिक्षक र विद्यार्थीबीच प्रत्यक्ष अन्तरक्रिया भएको हुन्छ’ उपकुलति डा लेखनाथ शर्माले भने, ‘कक्षामा शिक्षकसँग विद्यार्थीले नबुझेको कुरा सोध्न सक्छन् ।’

अध्ययनका लागि अध्ययन सामग्री सबै अनलाइनमा नै राखिएको हुन्छ । इ–लाइब्रेरीमा राखिएका अध्ययन सामग्रीलाई विद्यार्थीले जुनसुकै बेला र जुन सुकै समयमा पढ्नका लागि प्रयोग गर्न सकिनेछ । अनलाइनमा विद्यार्थीलाई १६ भागमा छुट्टाएर कक्षा शुरु गरिएको छ । ‘विद्यार्थीलाई बेला बेलामा हामीले प्रत्यक्ष शिक्षकबाट समेत कक्षा दिनेछौँ जसले गर्दा शिक्षक र विद्यार्थीबीच आत्मीयता समेत बढाउन मद्दत हुनेछ’ डा. शर्माले भने ।

सरकारले सङ्घीय–संसद्बबाट पारित भएको खुला विश्वविद्यालय विधेयक २०७३ असार ३० गते राष्ट्रपतिबाट प्रमाणीकरण भएको थियो । उपकुलपति डा शर्माले वर्षमा फागुन र साउनमा दुई पटक अध्ययनका लागि भर्ना खोलिने जानकारी दिए । उनले दोस्रो चरणको भर्नामा नयाँ विषय थप गरिने योजना रहेको पनि बताए ।

मान्यता कति छ ?

यस विश्वबिद्यालयमा पढाइ हुने कार्यक्रमहरु त्रिभुवन विश्वबिद्यालयको प्रज्ञा प्रतिष्ठान तथा सीनेटबाट स्वीकृत प्राप्त भएकाले यसको मान्यतामा संका गरिरहनु पर्दैन । त्यसैले सरकारले खुलाएको बिज्ञापनमा स्वत: यस विश्वबिद्यालयको प्रमाणपत्रद्वारा आबेदन दिन सकिन्छ ।

अनलाइन बाटै परीक्षा शुल्क तिर्न सकिने

प्रबिधिको अधिकतम प्रयोग गर्दै यस विश्वबिद्यालयको  भर्ना, परीक्षा लगायत शुल्क समेत अनलाइन बाटै तिर्न सकिनेछ । यहाँ पढ्दा लाग्ने खर्च समेत सरकारी विश्वबिद्यालयकै हाराहारीमा रहेको छ ।

परीक्षा कसरी लिइन्छ ? 

पढाइ घरमै बसेर हुने भए पनि परीक्षा भने बिश्वबिद्यालयले तोकेको स्थानमै गएर दिनु पर्ने हुन्छ । हाल बिश्वबिद्यालयले राखेको ७ ओटा सहायता केन्द्रमा गई परीक्षा दिन सकिन्छ ।

पढ्न मन लागेमा के गर्ने ? 

यस विश्वबिद्यालयमा पढाइ हुने बिषयको जानकारी बिस्वबिद्यालयको आफ्नै वेबसाइटमा हेर्न सकिन्छ । आफूलाई पढ्न मन लागेको बिषयको भर्ना मापदण्ड हेरी प्रवेश परीक्षा दिनुपर्ने हुन्छ । प्रवेश परीक्षामा ल्याएको अंक र बरियता अनुसार भर्ना गरि यस बिश्वबिद्यालयको बिद्यार्थी बन्न सकिन्छ । हाल: फागुन र साउन महिना गरि बर्षमा दुई पटक भर्ना खुलाउने व्यवस्था रहीआएको छ ।

सारांशमा भन्नुपर्दा खुला विश्वविद्यालयमा अध्ययन गर्नु समय र पैसा बचत दुवैको हिसाबले राम्रो छ । आधुनिक प्रबिधिको प्रयोग गर्दै घरमै बसेर पढ्ने नौलो अभ्यासको थालनी हुनु समग्र देश र बिद्यार्थी दुवैको लागि खुशीको कुरा हो ।

प्रस्तुति: सौगात पोखरेल

Do you like this article?

9
Leave a Reply

avatar
5 Comment threads
4 Thread replies
0 Followers
 
Most reacted comment
Hottest comment thread
7 Comment authors
Mamta JoshiMamtaBharti jharita.xetri9812949301 Recent comment authors
Bharti jha
Bharti jha

How can join

Mamta
Mamta

Visit this site to get admission
http://nou.edu.np/?page_id=597

rita.xetri
rita.xetri

Plz mention the website of open university.. How I can join

Mamta Joshi
Mamta Joshi

Visit this site to get admission
http://nou.edu.np/?page_id=597

9812949301
9812949301

Plz mention the website of open university .. How can I join …

Rishav karna
Rishav karna

Would you please mention the website of open university ?

Rabindra Prasad Yadav
Rabindra Prasad Yadav

Very Good . Please Mention the website of open university .

dem prasad pandey
dem prasad pandey

How I can join?