छात्रवृत्तिका लागि आवेदन दिएका विद्यार्थीहरुको नामावली इजिप्ट पठाइयो

   0  comment

नेपाली मुस्लिम विद्यार्थीहरुका लागि  इजिप्ट सरकारले उपलब्ध गराएको छात्रवृत्तिका लागि आवेदन दिनुभएकाहरुको नामावली इजिप्ट   पठाइएको छ ।

इजिप्ट सरकारबाट नेपाल सरकारलाई Arabic Language and Islamic Studies बिषयमा शैक्षिक बर्ष 2019/2020 का लागि प्राप्त भएको २० सिट छात्रवृत्तिमा २०७६ साल बैशाख २६ गतेको गोरखापत्र र मन्त्रालयको वेभसाइट मार्फत सार्वजनिक गरिएको सूचनाअनुसार तोकिएको म्यादभित्र २९ जना विद्यार्थीहरुले आवेदन दिएका थिए ।

आवेदन दिन विद्यार्थीकहरुले पेश गरेका कागजात सहितको विवरण शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको सचिव स्तरिय निर्णयानुसार आवश्यक प्रक्रियाका लागि परराष्ट्र मन्त्रालय मार्फत इजिप्ट सरकारलाई पठाइएको छ ।
छात्रबृत्तिका लागि इजिप्ट नाम सिफारीस गरिएका विद्यार्थीहरुको नाम हेर्न यहाँ क्लिक गर्नुहोस ।

 

Do you like this article?


Leave a Reply

avatar