नेपाली मुस्लिम विद्यार्थीहरुका लागि छात्रवृत्ति दरखास्त आह्वान

Deadline : May 24 2019    0  comment

नेपाल सरकार शिक्षा मन्त्रालयलाई मित्रराष्ट्र इजिप्ट सरकारबाट प्राप्त अरेबिक भाषा र इस्लामिक अध्ययन बिषयमा २० सिट छात्रवृत्ति कोटा प्राप्त भएको हुदा सरकारले इच्छुक नेपाली मुस्लिम विद्यार्थीहरुका लागि दरखास्त आह्वान गरिएको छ ।

जसमा शैक्षिक बर्ष २०१९÷२० का लागि अल—अजहार इन्स्टीच्युटमा १२ सीट र अल—अजहार युनिभरसिटीका लागि ८ सिट प्राप्त भएको हुदा जेठ १० गते सम्म शिक्षा मन्त्रालयको छात्रवृत्ति शाखामा आवश्यक कागजात सहित दरखास्त दिन आह्वान गरिएको हो ।

थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस्

 

 

Do you like this article?